‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ’: माछापुच्छ्रे प्रमुखका कांग्रेस उम्मेदवार गुरुङ
कास्की | बैशाख २०, २०७९
पोखरा: माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् ।
गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उनले बताए । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार गुरुङले भने,‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ ।
विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’ अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक स्तरोन्नतीमा प्रत्यक्ष भूमिका खेल्नेगरि योजना तयार भएको उनको भनाई छ ।
कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट रहेको बताउँदै उम्मेदवार गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता ब्यक्त गरे ।
यस्तै, गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडी धकेलिने उनको जिकिर थियो ।
‘अहिलेको नेतृत्वको कमिकम्जोरी धेरै भए । यहिँ अवस्था अब पनि आइलाग्यो भने, फेरी तपाई विकास सूशासन लगायतका कुरामा ५ वर्ष पछाडि धकेलिनु हुनेछ । पछि पछुताउनु भन्दा अहिले सहि निर्णय लिनुस्’ उनले भनिन् ।
गाउँका महिलाहरुको स्वास्थ्यमा आइपर्ने समस्याबारे सम्बोधन गर्दै उनले स्थानीय सरकारले नै सहजिकरण गर्नेगरि काम अघि बढाइने प्रतिवद्धता जनाईन् । उपाध्यक्ष उम्मेदवार अधिकारीले भनिन्,‘कतिपय महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने अवस्था छ । कति उपचार गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ होला । पालिकाको नेतृत्व लिँदै गर्दा हामीले महिलाको स्वास्थ्यप्रति संवेदनशिल रहँदै समस्याको पहिचान र उपचारमा सहजिकरण गर्ने छौँ ।’
पोखरा: भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टु...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्र...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

